उनी

उनी को नै हुन र? त्यहि पनि उनको किन यति धेरै चिन्ता मलाई ? उनी अन्लाईन आउँदा च्याटिङ्ग मात्र होइन उनीसग बाई भनिसके पछि पनि उनी कति मिनेट सम्म अन्लाईन हुन्छिन त्यो नि हेर्छु । सधैं उनको ध्यान म तिरै केन्द्रित गराउन चाहन्छु । सधै उनलाई मैले नै पहिले म्यासेज पठाउछु । उनको बारेमा अरु कसैले कुरा गरेको हेर्नै सक्दिन । कहिलेकाहीँ त लाग्छ उनको बारेमा कुरा गर्नेलाई ठाउँको ठाउँ ढलाइदिउ कि । फेरि सोच्छु उनी मेरी त होइनिन् । अनि सोच्छु उनलाई मेरी बनाउ कि भनेर । प्रेम प्रस्ताव राख्न खोज्छु अनि याद आउँछ उनी सिङ्गल नै रहन खोजेको बताएको । फेरी सोच्छु उनले मलाई एक मिल्ने साथी मात्र बनाउन चाहन्छिन् । मेरो जीवनमा उनी जस्तो एक मात्र भए नि उनको जीवनमा मजस्ता त धेरै होलान् । अनि फेरी सोच्छु उनी कोहि होइनिन् , सिर्फ यो सानो लेखको पात्र मात्र हुन।

 

Leave Comment

Your email address will not be published. Required fields are marked *